शेयर कारोबार ठप्प, लगानीकर्ताको आन्दोलन, कारोबार नगराउन ब्रोकरलाई धम्की

मंगलबार यो समाचार तयार पार्दासम्म नेप्सेमा कुनै पनि कारोबार भएन, जस्तो कारण थियो लगानीकर्ता को आन्दोलन ।

सोमबार लगानीकर्ताले कारोबारमा सहभागी नभई नेप्से तथा धितोपत्र बोर्ड घेराउ गरेका थिए । लगानीकर्ताका संघ संस्थाले कारोबार बहिष्कारगरी आन्दोलनमा गएपनि सोमबार नेप्सेमा ४२ करोड बढीको कारोबार भएको थियो ।

सोमबार लगानीकर्ताको आन्दोलनमा ब्रोकरहरुले साथ नदिएपछि सोमबार साँझ बसेको तीन वटा लगानीकर्ता संगठनहरुको संयुक्त बैठकले आन्दोलन जारी राख्ने र लगानीकर्ताको आव्हान विपरीत कसैले शेयर किनबेच गरेमा त्यसबाट उत्पन्न हुन सक्ने घटनाको जिम्मेवारी सम्बन्धित ब्रोकर कम्पनीले नै लिनुपर्ने चेतावनी सहितको विज्ञप्ति जारी गरेको छ ।

तीन वटै लगानीकर्ता संघहरुले मंगलबार पनि नेपाल स्टक एक्सचेन्जमा धर्ना दिने कार्यक्रम तय गरेका छन् । त्यसपछि भुकृटीमण्डपमा कार्यक्रम गरिने भएको छ ।

Leave a Reply