नेप्से सुचारु तर वेभसाइट नचल्दा अन्योल

नेपाल स्टक एक्सचेञ्च (नेप्से)को वेभसाइटमा समस्या आएर  बुधबार सेयर कारोबार संचालन भएपनि लगानीकर्ता भने अन्योलमा परेका छन् । नेप्सेको वेभसाइटमा आएको समस्याले लगानीकर्ताले सेयर  बजारको ’boutमा आवश्यक जानकारी लिनबाट पाएका छैनन् !

यता नेप्सेले आफ्नो आन्तिरिक कारणले नभई इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकका कारण वेभसाइट नचलेको जनाएको छ । वेभसाइट नचलेपनि कारोबार सुचारु छ । ब्रोकर अफिसमा पुग्ने लगानीकर्ताले भने बजारको ’boutमा अपेडट पाइरहेका छन् ।

बजार खुलेको ३५ मिनेटसम्म नेप्से ७ अंकले उकालो लागेको छ । यसबिचमा एक करोड २० लाख बढीको कारोबार भएको छ । ज्योति विकास बैंक, सानिमा हाइड्रो तथा प्रिंमियर इन्स्योरेन्स लगायतनको सेयरमूल्य बढेको छ ।

ब्रोकर अफिस बाहेक अन्यत्र रहेर वेभसाइट मात्र जानकारी लिने लगानीकर्ता बजारको सूचना र अपडेटबाट बञ्चित भएका छन् ।

Leave a Reply